You are viewing the translated version of आर्थिक प्रशासनको सञ्चालन.

Section 60
आर्थिक प्रशासनको सञ्चालन
: (१) यस ऐन बमोजिम आर्थिक प्रशासन सञ्चालन गर्न लेखासँग सम्बन्धी जनशक्तिको परिचालन र व्यवस्थापन गर्ने जिम्मेवारी महालेखा नियन्त्रक कार्यालयको हुनेछ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अर्को व्यवस्था नभएसम्मको लागि प्रदेश तथा स्थानीय तहको लागि आर्थिक प्रशासन सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको व्यवस्था महालेखा नियन्त्रक कार्यालयले गर्नेछ।